रास्वपा बैतडीको सभापतिमा भीम नाथ चयन

२०८३ जेष्ठ २४, आईतवार

दशरथचन्द : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम नाथ चयन भएका छन् ।

प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा उनी सभापतिमा दोहोरिहेका रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशीले जानकारी दिए ।

यस्तै, उपसभापतिमा हेमन्तकुमार ऐर, सचिवमा हरिश जोशी र सहसचिवमा जनकबहादुर गडाल चयन भएका छन् । सदस्यहरूमा शालिभानसिंह धामी, पूजा महर, करणसिंह सुतार, मानमती नाथ, सुरेश विष्ट र बबिता साउद चयन भएका छन् । कोषाध्यक्ष भने नयाँ कार्यसमितिले पछि मनोनयन गर्ने जनाइएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार