पूर्वमन्त्री खड्कासहित दुई नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण

२०८३ जेष्ठ २५, सोमबार

काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै पूर्वमन्त्री दीपक खड्कालाई स्पष्टीकरण सोधेको छ ।

५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिँदै खड्का र पार्टीको संखुवासभा जिल्ला कार्यसमिति सचिव कुमारबाबु अधिकारीलाई स्पष्टीकरण सोधेको हो ।

समितिले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएको समितिका सचिव दिनेश थापा मगरले जानकारी दिए ।

समितिले खड्कामाथि २०८२ फागुन २१ को निर्वाचनका क्रममा मुडे बजारमा आयोजित घरदैलो कार्यक्रममा पार्टी विरुद्ध बोलेको आरोप लगाएको छ। संखुवासभा कांग्रेस सचिव अधिकारीमाथि पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार