काठमाडौँ : नेपाली कांग्रेसको नीति प्रतिष्ठानको चौथो बैठक डाकिएको छ। जेठ २७ गते बस्ने गरी बैठक आह्वान गरिएको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।
उनका अनुसार बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको बताए।
बैठकमा उपसमिति संयोजकहरूले अवधारणा पत्र प्रस्तुत गर्ने, प्रस्तावित आन्तरिक आचारसंहिता उपर छलफल, थप उपसमितिको जिम्मेवारी निर्धारण र समसामयिक/विविधविषयमा छलफल गर्ने एजेन्डा गरेको बताए।





