कुन चाहिँ हर्क साम्पाङलाई कारबाही भयो : साम्पाङ

२०८३ जेष्ठ २५, सोमबार

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सांसद हर्क साम्पाङले आफूलाई ट्राफिक प्रहरीले कारबाही गरेको भन्ने समाचार प्रति आश्चर्य प्रकट गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई यस्तो कारबाहीबारे कुनै जानकारी नभएको दाबी गरेका हुन्। सञ्चारमाध्यमहरूमा आफूलाई ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाही गरिएको समाचार सार्वजनिक भएपछि सांसद साम्पाङले अनभिज्ञ जनाएका हुन्। उनलाई जरिवाना गरिएको पोस्ट स्वयम प्रहरीले पनि आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिसकेको छ।

उनले फेसबुकमा लेखेका छन्, ‘होइन कुन कसुरमा के का लागि कारबाही ? मलाई नै थाहा नभएको कुन चाहिँ हर्क साम्पाङलाई कारबाही ?’ सांसद साम्पाङले सञ्चारमाध्यमले आफ्नो नाम जोडेर गलत सूचना फैलाएको आरोप समेत लगाएका छन्। उनले अगाडि लेखेका छन्, ‘मिडिया मिस्युजले सीमा नाघ्यो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार