काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेको राजीनामा मागेका छन्
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अर्थमन्त्री वाग्लेमाथि करका दर हेरफेर र करका दर लिक गरेको आरोप लागेको छ । यो विषय सोमबार प्रतिनिधिसभाको बैठकमा समेत उठेको थियो ।
सांसद साम्पाङले अर्थमन्त्रीमाथि लागेको आरोपबारे निष्पक्ष छानबिन हुनुपर्ने र नैतिक जिम्मेवारीका आधारमा उनले राजीनामा दिनुपर्ने माग गरेका हुन्। साम्पाङले भने,‘अर्थमन्त्रीको ‘बीवाडी’ काण्ड टुंगो नलागून्जेल उनले राजीनामा दिए राम्रो।’






