रास्वपा नवलपुरको सभापतिमा भण्डारी निर्वाचित

२०८३ जेष्ठ २६, मंगलवार

नवलपरासी : राष्ट्रिय स्वतन्त्र पार्टी नवलपुरको सभापतिमा दोमनबहादुर भण्डारी निर्वाचित भएका छन् ।

गएराति सम्पन्न निर्वाचनमा एक सय ४२ मतसहित उनी सभापतिमा निर्वाचित भएको निर्वाचन संयोजक मीना शर्मा आचार्यले जानकारी दिए । प्रतिस्पर्धी गोकुल सापकोटाले एक सय ३९ र कृष्णप्रसाद शर्माले एक सय ३६ मत प्राप्त गरे । उपसभापतिमा जगबहादुर राना, सचिवमा सुदीप न्यौपाने र सहसचिवमा सन्तबहादुर ठाडा निर्वाचित भएका छन् ।

अधिवेशनले २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । आइतबारदेखि सुरु भएको प्रथम अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि सोमबार साँझ मतदान गरिएको थियो । कुल सात सय ५६ मतदाता रहेकामा चार सय ३३ जनाले मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार