पूर्वगृहमन्त्री गुरुङमाथिको छानबिन प्रतिवेदन स्वीकार्ने सरकारको निर्णय

२०८३ जेष्ठ २६, मंगलवार

काठमाडौँ : सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि गरिएको छानबिन प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको प्रतिवेदन स्वीकार गर्ने गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। सरकारले गत वैशाख २८ गते उच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए। समितिले छानबिन प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा गुरुङलाई सफाइ दिइएको थियो।

त्यसकै आधारमा आजै गुरुङलाई गृह मन्त्रालय फर्काउने तयारी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार