सभामुखले पेलेरै सदन सञ्चालन गर्न खोज्नु राम्रो होइन : नेकपा

२०८३ जेष्ठ २६, मंगलवार

काठमाडौँ : नेकपाले प्रतिनिधिसभामा सभामुख डीपी अर्यालको भूमिकामाथि प्रश्न उठाएको छ । नेकपाका नेता महेन्द्रबहादुर शाहीले मंगलबारको बैठकमा यसबारे प्रश्न उठाएका हुन् ।

‘सभामुखज्युले सदन पेलेरै अघि बढाउने भन्ने हुँदैन । तपाईंको अभिभावकत्व भूमिका महत्वपूर्ण हुन्छ । प्रधानमन्त्रीले बोल्नु भएको कुरा गम्भीर त्रुटि हो । यसबारेमा सदनमै आएर प्रधानमन्त्रीले बोल्नुपर्छ,’ उनले भने, ‘यत्रो विषय उठिसक्यो । यही विषयलाई ठूलो हाइलाइट्स भइरहेको छ । यसका बारेमा प्रधानमन्त्रीले आफ्नो धारणा दिनै पर्छ । जनताले जवाफ खोजेकै छन् आनाकानी गर्न हुँदैन । सभामुखज्यूले पेलेर हैन छलफल गरेर प्रतिपक्षीलाई साथमा लिएर सही गन्तव्यमा पुग्ने भूमिका खेल्न अनुरोध गर्छु ।’

उनले बजेटका विषयमा अर्थमन्त्रीको भूमिकाप्रति पनि प्रश्न उठेको भन्दै त्यसबारे सरकारले जानकारी गराउनुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार