काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृह मन्त्री र महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
शपथ ग्रहण समारोहमा राष्ट्रपति र प्रधानमन्त्रीका साथै उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न मन्त्रीहरू र सांसदहरूको उपस्थिति रहेको थियो।
यसैगरी, म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीको शपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरूको यो शपथ ग्रहणसँगै प्रधानमन्त्री शाहको मन्त्रिपरिषद्ले थप पूर्णता पाएको छ।





