अफवाह फैलाएर बदनाम गर्ने प्रयास भयो : अर्थमन्त्री

२०८३ जेष्ठ २७, बुधबार

काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफ्नो विरुद्ध संगठित रूपमा अफवाह फैलाएर बदनाम गर्ने प्रयास भएको दाबी गरेका छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठुलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र आफूमाथि आक्रमण भइरहेको दाबी गरेका छन्। बुधबार बिहान प्रतिनिधिसभाको अर्थ समितिमा आयोजित बजेट सम्बन्धि छलफलमा बोल्दै उनले त्यस्तो धारणा राखेका हुन्।

‘प्रधानमन्त्रीज्यू र ममाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ’, अर्थमन्त्री वाग्लेले भने, ‘नेपाली इतिहासकै ठुलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको छ। केही दिनमा यो विषय अदालत पुग्दै छ। हामीसँग रुष्ट तिनै समूहबाट पालित पोषितबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको मलाई शंका लागेको छ।’

संसद्का सदस्यहरूलाई यस्तो समूहका कुराबाट प्रभावित नहुन उनले आग्रह पनि गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार