सर्वदलीय बैठकपछि विपक्षी दलका नेताहरू छुट्टै छलफलमा

२०८३ जेष्ठ २७, बुधबार

काठमाडौँ : रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि विपक्षी दलका नेताहरू छुट्टै छलफलमा बसेका छन् ।

रास्वपाले राखेको प्रस्तावमाथि छलफल गर्न र साझा धारणा बनाउन विपक्षीहरूको छलफल भइरहेको हो ।

छलफलमा परराष्ट्रमन्त्रीलाई बोल्न दिने वा नदिने, संसद् चल्न दिने वा नदिने भन्नेबारे साझा धारणा बनाउने बुझिएको छ ।

विपक्षीहरूको छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपाका नेताहरू सहभागि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार