एनसेल डाटा सेन्टरले पायो अन्तर्राष्ट्रिय टीआईए–९४२–सी प्रमाणीकरण

२०८३ जेष्ठ २७, बुधबार

काठमाडौं : एनसेल को नख्खुस्थित डाटा सेन्टरले प्रतिष्ठित ‘एएनएसआई/टीआईए–९४२–सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रक्टेड फसिलिटी सर्टिफिकेशन’ प्राप्त गरेको छ।

यो प्रमाणीकरणले डाटा सेन्टरको विश्वसनीयता, सुरक्षा र उच्च गुणस्तरको अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको पुष्टि गर्दछ। एनसेलका अनुसार यो नेपालबाट डिजाइन तथा निर्माण गरिएको डाटा सेन्टरका लागि प्राप्त पहिलो टीआईए–९४२–सी रेटेड ३ प्रमाणीकरण हो। यसले डाटा सेन्टरमा उच्च उपलब्धता, अतिरिक्त सुरक्षा प्रणाली तथा आकस्मिक अवस्थाबाट छिट्टै पुनः सञ्चालनमा आउने क्षमता रहेको देखाउँछ।

डाटा सेन्टरलाई पूर्ण रूपमा अतिरिक्त विद्युत्, कुलिङ र नेटवर्क प्रणालीले समर्थन गर्ने भएकाले करिब ९९.९८२ प्रतिशत उपलब्धता सुनिश्चित हुने कम्पनीले जनाएको छ। प्रमाणीकरणको मूल्यांकन तथा अडिट Data Center Media LLP ले गरेको हो।

एनसेलका प्रमुख कार्यकारी अधिकृत Michael Foley ले यो उपलब्धि नेपालकै डिजिटल पूर्वाधार विकासका लागि महत्वपूर्ण कोशेढुङ्गा भएको बताएका छन्। उनले विश्वस्तरीय डिजिटल सेवा उपलब्ध गराएर व्यवसाय तथा सरकारी निकायहरूको डिजिटल रूपान्तरणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

एनसेल डाटा सेन्टरले यसअघि सूचना सुरक्षा तथा गोपनीयतासम्बन्धी आईएसओ २७००१ र आईएसओ २७७०१ लगायतका अन्तर्राष्ट्रिय मान्यता पनि प्राप्त गरिसकेको छ। कम्पनीका अनुसार नयाँ प्रमाणीकरणले बैंक, वित्तीय संस्था, बिमा कम्पनी, सरकारी निकाय तथा अन्य व्यवसायलाई सुरक्षित र भरपर्दो डिजिटल सेवा उपलब्ध गराउन थप सहयोग पुर्‍याउनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार