‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासतमा राख्न अनुमति

२०८३ जेष्ठ २७, बुधबार

काठमाडौँ : ईश्वरी भुजेल हत्या प्रकरणमा पक्राउ परेका ‘नेपाली ब्रो’ चिनिने कुमार थापामाथि अनुसन्धान जारी राख्न काठमाडौं जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको छ।

भुजेलको हत्या आरोपमा थापा गत जेठ २३ गते पक्राउ परेका थिए। उनीमाथि जेठ २२ गते राति तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा रड प्रहार गरी भुजेलको हत्या गरेको आरोप छ। बुधबार थापालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार थप अनुसन्धानका लागि अदालतले पाँच दिनको म्याद दिएको हो।

न्यायाधीश पिताम्बर शर्माको इजलासले अनुसन्धान प्रक्रियालाई निरन्तरता दिन प्रहरीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्रदान गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार