३१ लाख ५१ हजार नगदसहित दुई जना बङ्गलादेशी पक्राउ

२०८३ जेष्ठ २८, बिहीबार

काठमाडौँ : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३१ लाख ५१ हजार नेपाली र विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरेको छ।काठमाडौँबाट मलेसियाको क्वालालम्पुर जाँदै गरेका दुई जनालाई नगदसहित पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालले  बताए।

पक्राउ पर्नेमा मोहम्मद इन्ताज अली र एमडी जाकिर हुसेन छन् । उनीहरूको साथबाट प्रहरीले नेपाली रुपैयाँ, अमेरिकी डलर र मलेसियन रिङ्गिट बरामद गरेको छ। एक जनाले सुटकेश भित्र फल्स बटम बनाएर तथा अर्का आरोपीले ल्यापटप ब्यागमा लुकाएर सो रकम मलेसियातर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार