खानेपानी इन्जिनियर कुटपिटमा संलग्न दुईजना पक्राउ

२०८३ जेष्ठ २९, शुक्रबार

काठमाडौँ : धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित धादिङ पौवामा खानेपानी सब–इन्जिनियरलाई कुटपिटमा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जेठ २७ मा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवन अन्तर्गतको धादिङ शाखामा सब–इन्जिनियर सुरेश आले र सुपरभाइजर हबेन्द्र कुमार यादवमाथि आक्रमण भएको थियो ।

खानेपानी आयोजनाको साइट निरीक्षणका लागी पौवातर्फ जाँदै गरेको अवस्थामा उनीहरूमाथि आक्रमण भएको हो । आक्रमणमा संलग्न आरोपमा नीलकण्ठ नगरपालिका–४ घर भएका ४० वर्षीय सञ्जीव मल्ल र ५७ वर्षीय बल बहादुर मल्ल ठकुरीलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।

आक्रमणपछि उनीहरू भागेर काठमाडौँ आएका थिए । उनीहरूलाई बिहीबार गोङ्गबुबाट पक्राउ गरेर आवश्यक कारबाहीका लागी धादिङ पठाइएको एसएसपी खड्काले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार