काठमाडौँ : सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई धनुषाकाे रामानन्द चोकबाटबाट पक्राउ गरेको हो ।
साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो। कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार उनलाई धनुषाको जनकपुर उपमहानगरपालिका-८ रामानन्द चोकबाट पक्राउ गरिएको हो। सन्तोष जिल्ला सिराहाको कर्जन्हा नगरपालिका-११ का हुन्। उनीसँगै कर्जन्हा-९ का नारायण साह सुडीलाई पनि पक्राउ गरिएको छ।
एसएसपी खड्काका अनुसार सकुन्तला थापा नाम गरेकी महिलाले ठगी सम्बन्धमा जाहेरी दिएकी थिइन्। सो आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर साहसहित दुई जनालाई पक्राउ गरिएको हो।





