राष्ट्रिय एकता र मेलमिलापको विकल्प छैन : कोइराला

२०८३ असार १, सोमबार

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र निरंकुशता सुरु भएको भन्दै बीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता र मेलमिलापको नीतिको सान्दर्भिकता झनै बढेर गएको बताएका छन्।

लोकतन्त्र इतिहासकै कमजोर अवस्थामा पुगेको दाबी गर्दै उनले अब सहमति र मेलमिलापकै बाटोबाट अघि बढ्नुको विकल्प नभएको स्पष्ट पारे।आइतबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुकको राष्ट्रियता, सार्वभौमिकता र प्रजातन्त्रलाई बलियो बनाउन सबै शक्तिबीच सहकार्य हुनुपर्नेमा जोड दिए।

उनले भने, ‘नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र प्रजातन्त्रलाई मजबुत बनाउन, नेपालका सबै शक्तिका बिचमा सहकार्य र एकता जरुरी छ।’ पार्टीको आन्तरिक विवादबारे चर्चा गर्दै डा. कोइरालाले सभापति गगन थापासँगको संवाद र असमझदारीबारे खुलेर बोले। आफूले राखेका पाँचवटा बुँदामा थापा पहिले सहमत भए पनि पछि कुरा फेरिएको उनले दाबी गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार