सेफ सन्तोष साहलाई ३ दिन हिरासतमा राख्न अनुमति

२०८३ असार १, सोमबार

काठमाडौं : जिल्ला अदालत, काठमाडौंले सेफ सन्तोष साहलाई कम्तीमा ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

ठगीसम्बन्धी कसुरमा अनुसन्धानका लागि शनिबार पक्राउ परेका सेफ सन्तोषलाई हिरासतमा राख्न म्याद माग्दै प्रहरीले आज सोमबार कार्यालय खुलेलगत्तै जिल्ला अदालत, काठमाडौंमा हाजिर गराएको थियो । त्यसक्रममा अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले साहलाई बैंकिङ कसुरको आरोपमा जनकपुरबाट पक्राउ गरेको थियो । त्यसपछि काठमाडौं ल्याएर उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार