काठमाडौँ : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको अध्यक्षमा चितवनका विपेन्द्र रामुदामु मनोनीत भएका छन् ।
कांग्रेस सभापति गगन थापाले यसअघसको समिति स्वत: विघटन भएको उल्लेख गर्दै रामुदामुलाई नियुक्त गरिएको बताएका छन् ।
उनलाई निर्धारित समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरणसहित जिम्मेवारी प्रदान गरिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।





