रास्वपा महामन्त्रीको स्पष्टीकरण: पार्टीको टिकट वितरणमा एक नम्बर थपिन्छ भनेको हुँ

२०८३ असार २, मंगलवार

काठमाडौं : रास्वपा महामन्त्री एवं सांसद कबिन्द्र बुर्लाकोटीले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छन् । मंगलबार संसद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले आफूले नियुक्ति प्रक्रियामा नभइ पार्टीको आन्तरिक टिकट वितरणका लागि नम्बर थपिने कुरा गरेको बताएका हुन् ।

विश्वविद्यालयको उपकुलपति छनोट गर्न सरकारले बनाएको योग्यता प्रणाली भन्दा फरक हुने गरी रास्वपा महामन्त्री बुर्लाकोटीले अभिव्यक्ति दिएको भन्दै आलोचना भएको थियो । उनले पार्टीको झण्डा बोकेर हिंडेको मान्छेका लागि एक नम्बर थपिने बताएका थिए । तर, आफूले विश्वविद्यालयको उपकुलपति छनोटमा नभइ पार्टीको टिकट वितरणमा त्यस्तो व्यवस्ता लागू हुने भनेको बताएका हुन् ।

पार्टीको अधिवेशनमा सम्बोधन गर्ने क्रममा उनले पार्टीमा लागेर योगदान गरेकाहरूलाई टिकट वितरणका क्रममा एक नम्बर थप गर्ने कुरा आफूले गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार