गृहमन्त्रीलाई नेकपा सांसदको प्रश्न– जीबी राई कहिले सम्पर्कमा आउँछन् ?

२०८३ असार ४, बिहीबार

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले गृहमन्त्री सुधन गुरुङलाई जीबी राई कहिले सम्पर्कमा आउँछन् ? भन्दै प्रश्न गरेकी छिन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा गृह मन्त्रालयको विनियोजन शिर्षकमाथि प्रश्नको जवाफ दिएपछि सांसद विकले प्रष्टिकरण माग गर्दैगर्दा यस्तो प्रश्न गरेकी हुन् ।

१४ भदौ २०८० मा सहकारी बचतकर्ताको रकम हिनामिना गरेको भन्दै जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले राईसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसमध्ये केही पक्राउ परेपनि राईलाई सरकारले नियन्त्रणमा लिन सकेको छैन ।

‘जीबी राईजस्ता केही मान्छेहरू छन्, यी कहिले सम्पर्कमा आउँछन् ? राजदरबार हत्याकाण्डको अनुसन्धान कसरी गर्नुहुन्छ ?,’ उनको प्रश्न थियो । उनले प्रहरीको मनोबल बढाउने विशेष कार्यक्रम ल्याउन समेत सुझाव दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार