काठमाडौँ : अर्थमन्त्री स्वर्णिम वाग्लेले कृषिमा अनुदानका लागि २ करोड रुपैयाँको थ्रेसहोल्ड पुनरवलोकन गर्न अस्वीकार गरेका छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा अर्थ मन्त्रालयको विनियोजनमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले यसमा पुनरवलोकन नहुने अडान लिएका हुन्।
‘२ करोडको सीमा पुनरावलोकन होस् भन्ने माग आएको छ, त्यो पुनरवलोकन हुँदैन,’ उनले भने, ‘यो धेरै सोचविचार गरेर पाइलट प्रोजेक्टको रूपमा ल्याइएको छ। फेल भयो भने फाल्दिने हो, पुनरवलोकन गर्ने होइन ।’





