रास्वपाको प्रथम महाधिवेशनमा हर्क साम्पाङ नजाने

२०८३ असार ५, शुक्रबार

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा नजाने घोषणा गरेका छन्।

सभापति रवि लामिछानेले महाधिवेशनमा विशिष्ट अतिथिको रूपमा सहभागी भई शुभकामना दिन पठाएको निम्तो अस्वीकार गर्दै साम्पाङले आफू उपस्थित हुन नसक्ने जानकारी दिएका हुन्।

‘रास्वपाले आफ्नो महाधिवेशनमा मलाई निम्तो दिएको छ। मलाई थाहा छ यो कर्टेसी रविजीको हो। प्रधानमन्त्रीले सीमाबारे बोलेको प्रति पार्टीको धारणा आएको भए मलाई नि सजिलो हुन्थ्यो। आएन। म उपस्थित बन्न सक्दिनँ है,’ साम्पाङले फेसबुकबाटै निम्तो अस्वीकार गरेका छन्।

रास्वपाको प्रथम महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार