कसैले कसैको नसुन्ने ढुङ्गाहरूको देश हो कि मान्छेको ? : हर्क साम्पाङ

२०८३ असार ५, शुक्रबार

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्‍मा बोलेका केही पनि कुरा सरकारले नसुनेको गुनासो गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रतिपक्षले १ महिनादेखि बोलेका कुरा नसुनेको भन्दै यो देश ढुङ्गाहरूको हो कि मान्छेको हो भनेर व्याङ्गय गरेका हुन् ।

उनले भ,’ हामीले एकमहिनादेखि एउटै कुरा भनिरहेका छौँ न सभामुखले सुन्नु भएको छ न त प्रधानमन्त्रीले । कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ ।’

जिम्मेवारीले मात्रै मान्छे बन्ने बताउँदै उनले टाइसुट लगाएर मात्र मान्छे नभइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार