कालीगण्डकीमा पौडी खेल्नेक्रममा डुबेर एकको मृत्यु

२०८३ असार ५, शुक्रबार

पाल्पा : कालीगण्डकी नदीमा पौडी खेल्नेक्रममा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर शिखरडाँडाका १४ वर्षका शिशिर गाहाको मृत्यु भएको हो ।

बेपत्ता हुनेमा २४ वर्षीय पुजन गाहा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

स्थानीय बासिन्दासहित प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले बेपत्ता युवकको खोजी कार्य जारी राखेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार