ललितपुरमा गोली चल्यो

२०८३ असार ६, शनिबार

काठमाडौं : ललितपुरको बालकुमारीमा प्रहरीले गोली चलाएको छ ।

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले गोली चलाएको हो । गोली चलाएर तीन जना लागुऔषध कारोबारी समातिएको प्रहरी स्रोतले जानकारी दियो ।

प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ घर भएका ३९ वर्षीय किशोर प्रसाद ओझैया छन् । उनको दाहिने खुट्टामा गोली लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार