माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा किशोरीको मृत्यु

२०८३ असार ६, शनिबार

काठमाडौं : सुर्खेतको भेरीगंगा नगरपालिका–७, काठेघारीस्थित जंगल क्षेत्रमा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा एक किशोरीको मृत्यु भएको छ ।

स्थानीय १७ वर्षीया निर्मला विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनी घरदेखि करिब एक किलोमिटर पूर्व–दक्षिणतर्फको जंगल क्षेत्रमा माटो संकलन गर्न गएकी थिइन् ।

घटनापछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार