लागु औषधसहित २३ जना पक्राउ

२०८३ असार ६, शनिबार

काठमाडौँ : नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषाबाट चार, झापा, सप्तरी र कैलालीबाट तीन/तीन, बाँके, इलाम र धनुषाबाट दुई/दुई, मोरङ, उदयपुर, काठमाडौँ र सुनसरीबाट एक/एक जना पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार