रास्वपा कुनै सम्झौताबाट बनेको पार्टी होइन : वाग्ले

२०८३ असार ७, आईतवार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी सिंगो राष्ट्रकै संकल्प र आकांक्षालाई न्याय गर्न जन्मिएको बताएका छन् ।

पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले कुनै विभाजन वा अप्राकृतिक सम्झौताबाट बनेको पार्टी नभएकोसमेत बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको यो प्रथम महाधिवेशन केवल संगठनात्मक कार्यक्रम नभई नेपालको राजनीतिक पुनर्जागरणको प्रारम्भ हुन सक्नेसमेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार