एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

२०८३ असार ८, सोमबार

काठमाडौँ : नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र त्यस्तो पार्टीमा सबै अटाउने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा ‘एमालेजनमा निवेदन’ भनेर लेखेको सन्देशमा अहिले एमालेमा चलिरहेको बहसमा राजनीतिक र वैचारिक दिशा दिन अपिल गरेका छन् । उनले भनेका छन्, ‘अनेक पार्टीसँग सत्ता साझेदारी गरेको पार्टीले आफ्नै पार्टीभित्रको फरक विचारप्रति बैरभाव राख़्नु एमालेले निर्माण गरेको सभ्यता र संस्कृतिको खिलाफ हुन्छ ।’

उनले भनेका छन्, ‘एमालेमा दुईवटा बिचारका बीचमा बहस भइरहेको छ । यो बहस पार्टी कमिटीमा मात्र सीमित नभएर सार्वजनिक सञ्चारमाध्यमसम्म पुगेको छ । बहसमा एमालेपंक्तिका अलावा सार्वजनिक टिप्पणीकार र बुद्धिजीवीहरूको समेत सहभागिता देखिन्छ ।’

उनले पार्टीभित्र वैचारिक, राजनीतिक, सांगठनिक तथा ब्यबहार, कार्यशैली, आचरण र नेतृत्वको व्यापक र बहुआयामिक पुनर्गठनमार्फत नेकपा एमालेको पुनर्जागरण गर्ने र सबै पक्षमा यथास्थिति रहने भन्ने बहसले पार्टी पुर्गठनको दिशामा पुगेरै छाड्ने बताएका छन् । उनले भनेका छन्, ‘राजनीतिक बहस र छलफलले पार्टीलाई कहिल्यै कमजोर बनाएको छैन । आफना बिचारका विरुद्ध उभिनुभएका मनमोहन अधिकारी, सीपी मैनाली लगायतका नेताहरूलाई मदन भण्डारीले कसैको दलाल वा एजेण्ट भन्नुभएन बरु उहाँहरूलाई पार्टीमा सम्मानजनक स्थानमा राखेर सहकार्य गर्नुभयो । यो हो एमालेको संस्कृति ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार