सरकारले किसानको पक्षमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव

२०८३ असार ८, सोमबार

रौतहट : मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारले किसानको पक्षमा काम गरिरहेको बताएका छन् ।

आज रौतहटको गढीमाई नगरपालिकाको १३औँ नगरसभाको यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री यादवले मधेस प्रदेशमा किसानको बाहुल्यता रहेको जानकारी दिए । उनले उत्पादनका लागि किसान खुसी नबनाएसम्म कृषि अर्थतन्त्रको विकास असम्भव भएको जानकारी दिर्दै कृषिमा आबद्ध किसानलाई कृषि अनुदान उपलव्ध गराउने सन्दर्भमा सरकार अग्रसर भएर अगाडि बढ्ने बताए ।

नगरसभामा गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवले आर्थिक वर्ष २०८३/८४ को लागि रु ५९ करोड २२ लाख ५५ हजारको बजेट प्रस्ताव गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार