फिल्म ‘झिंगे दाउ २’ को पोस्टर सार्वजनिक

२०८३ असार ८, सोमबार

काठमाडौँ  : फिल्म ‘झिंगे दाउ २’ आगामी असोजमा प्रदर्शन हुने भएको छ ।

निर्माण युपनटले फिल्मको तीन पोस्टर एकसाथ सार्वजनिक गर्दै प्रचार प्रसार समेत थालेको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यो फिल्ममा सुलभ प्रतीक, प्रतीक देउजा, समीक्षा देउजाको लगानी छ ।

फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, सङ्गम भण्डारी, विजय देउजा, अंशु महर्जन, अयभराज बराल, उत्तम केसी, शिवहरि वैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान, विनोद कुमार पौडेल लगायतका कलाकारहरूको अभिनय छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माले अतिथि कलाकारको रूपमा काम गरेका छन् ।

विष्णु घिमिरे ‘कल्पित’को छायाङ्कन रहेको यो फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको सङ्गीत, रामजी लामिछानेको नृत्य, रोशन श्रेष्ठ एक्सन छ । सार्वजनिक तीन नयाँ पोस्टरले फिल्मको विभिन्न पाटोलाई चित्रित गरेको छ । यो फिल्ममा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेको पटकथा तथा संवाद रहेको यो फिल्ममा विवेक बस्नेत, ईश्वर सिन्केमनाको छायाङ्कन छ ।

कपनगढी सिनेमा प्रा.लि र फिल्म क्र्यू नेपाल प्रा.लिको प्रस्तुतिमा बनेको यो फिल्म ३ वर्ष अगाडि रिलिजमा आएको सफल फिल्म ‘झिंगे दाउ’ले सिक्वेल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार