काठमाडौँ : मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ६ सय रूपैयाँले घटेर २ लाख ८७ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ३० रूपैयाँ कायम भएकोमा आज १ सय ४० रुपैयाँले घटेर ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको छ ।








