राजनीति जनताको सेवा गर्ने औजार हो : सञ्चारमन्त्री

२०८३ असार १०, बुधबार

चितवन : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति जनताको सेवा गर्ने औजार भएको बताएका छन् ।

मंगलबार सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतका कार्यालयहरुको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले राजनीति कसैको शक्ति प्रदर्शन गर्ने हतियार नभएको बताए । उनले भने “राजनीति जनताको सेवा गर्ने औजार हो । कसैको शक्ति प्रदर्शन गर्ने हतियार होइन ।” सरकारले जिम्मेवारीपूर्वक जनताको भावनाअनुसार काम गर्ने बताए ।

जनतासँग गरेका वाचा पूरा गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको उनको कथन थियो । पदको दुरुपयोग भएमा जनताले कारबाही गर्ने बताउँदै उनले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने दोहोर्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार