विष्णु पौडेललाई रिहा गर्न माग गर्दै सर्वोच्चमा रिट

२०८३ असार १०, बुधबार

काठमाडौँ : नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

बुधबार पौडेलकी पत्नीले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्। रिटमा पौडेललाई गैरकानुनी ढंगले थुनामा राखेको जिकिर गर्दै रिहा गर्न माग गरिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा सोमबार पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको थियो। उनलाई मंगलबार विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो। विशेष अदालतले अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार