काठमाडौं : काठमाडौं उपत्यकामा खटिएका ट्राफिक प्रहरीलाई ड्युटीमा खटिँदा नागरिकलाई नमस्कार गरी सम्बोधन गर्न सर्कुलर भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सबै ट्राफिक प्रहरीहरूलाई अबदेखि नागरिकलाई सम्बोधन गर्दा नमस्कार गर्न भनेर मंगलबार सर्कुलर गरेको हो। ड्युटीको क्रममा अब नागरिकहरूसँग हात मिलाएर कुराकानी नगर्न पनि भनिएको छ।





