सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँट

२०८३ असार ११, बिहीबार

काठमाडौँ : सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको सर्वसाधारणका लागि जारी प्राथमिक शेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ ।

सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ आज बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा शेयर बाँडफाँट गरेको हो।

कम्पनीले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणलाई ७ लाख ५ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा २८ लाख ९४ हजार २ सय ३२ जनाको आवेदन परेको थियो । जस मध्ये २८ लाख ५० हजार २५ जनाको आवेदन मात्र योग्य भएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँट गरिएको छ । जसअनुसार ७० हजार ५ सय ५० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।

यो आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। नतिजा धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइटका साथै सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np मा हेर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार