काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार २ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ५ हजार २ सय रूपैयाँले घटेर २ लाख ७८ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय ८५ रूपैयाँ कायम भएकोमा आज २ सय ५० रुपैयाँले घटेर ४ हजार २ सय ३५ रुपैयाँ कायम भएको छ ।





