जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

२०८३ असार ११, बिहीबार

जुम्ला : कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर ३६ मिनेट जाँदा जुम्लाको तामती आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि गत असार ७ गते पनि कर्णालीकै अर्को हिमाली जिल्ला हुम्लामा भूकम्पको धक्का महसुस गरिएको थियो। सो दिन दिउँसो २ बजेर ३२ मिनेट जाँदा हुम्लाको श्रीनगर आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडकै भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

चार दिनको अन्तरालमा कर्णालीका दुई जिल्लामा समान क्षमताका भूकम्पका धक्का रेकर्ड भएका हुन्। भूकम्पको धक्का वरपरका क्षेत्रमा समेत महसुस गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार