रास्वपा संघियताको विरुद्धमा उभियो : शंकर पोखरेल

२०८३ असार ११, बिहीबार

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाले आफूलाई संघियताविरुद्ध उभ्याएको बताएका छन् ।

सामाजिक सञ्जालमा फेसबुकमा टिप्पणी गर्दै महासचिव पोखरेलले चुनावमा एउटा वाचा गर्ने र सत्तामा पुगेपछि ठीक विपरीत क्रियाकलाप अघि बढाउने सत्तारूढ दलको यो चरित्रले समाजमा नयाँ राजनीतिक द्वन्द्वको बीउ नरोपोस् भन्ने कुरामा सबै सचेत हुन जरुरी रहेको बताउँदै रास्वपाले आफूलाई संघियताविरुद्ध उभ्याएको आरोप लगाएका हुन् ।

उनले भनेका छन्, ‘चुनावका बेला ‘प्रदेश र स्थानीय तहलाई थप बलियो बनाउने’ दाबी गरेर जनताको मत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो राष्ट्रिय अधिवेशन मार्फत संघीयताकै विरुद्धमा आफूलाई उभ्याउने काम गरेको छ । चुनावमा एउटा वाचा गर्ने र सत्तामा पुगेपछि ठीक विपरीत क्रियाकलाप अघि बढाउने सत्तारूढ दलको यो चरित्रले समाजमा नयाँ राजनीतिक द्वन्द्वको बीउ नरोपोस् भन्ने कुरामा सबै सचेत हुन जरुरी छ ।

उनले सङ्घीयता आदिवासी जनजाति, मधेसी, दलित र अल्पसङ्ख्यक समुदाय तथा पिछडिएको क्षेत्रको दशकौँ लामो आकांक्षा र सङ्घर्षको परिणाम हो, जसलाई ऐतिहासिक संविधानसभाले संस्थागत गरेको उल्लेख गरेका छन् । साथै उनले निर्वाचनका समयमा गरिएका बाचा विपरीतका गतिविधि विरुद्ध एकजुट भई खबरदारी गर्न समेत आव्हान गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार