फिल्म ‘भागदौड’ को गीत ‘पातली’ सार्वजनिक

२०८३ असार १२, शुक्रबार

काठमाडौँ : आगामी २६ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘भागदौड’को गीत ‘पातली’ सार्वजनिक गरिएको छ ।

प्रह्लाद तिमिल्सेना र अस्मिता अधिकारीको स्वर रहेको गीतमा शब्द, सङ्गीत वसन्त सापकोटाको छ । फिल्मका मुख्य कलाकार निशा श्रेष्ठ, घनश्याम जोशीको अभिनय देख्न सकिन्छ ।

फिल्ममा निशा र घनश्यामको अलवा शारदा राई (डायना), विशाल पोखरेल, शिशिर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शङ्कर महर्जन र सुवास तिमिल्सिना लगायतका कलाकारहरूको मुख्य भूमिका छ । विश्वराम विष्टको प्रस्तुतकर्ता रहेको फिल्ममा अंगिरा थापा कार्यकारी निर्माता रहेका छन् भने सह–निर्माताहरू भूपेन्द्रकुमार खड्का, सागर पुरी र सुरेश गिरी हुन् ।

सुप्रिम म्युजिक एन्ड फिल्मस प्रालि र नेशनल सिने ग्रुप नेपालको प्रस्तुतिमा निर्माण भएको यो फिल्मले काठमाडौँको ऐतिहासिक एवं परम्परागत नेवार बस्ती बुङ्गमती र बागमती नदी किनारको आसपासमा केन्द्रित छ । फिल्ममा दीपक बज्राचार्यको छायाङ्कन, प्रवीण ढकालको सम्पादन, वसन्त सापकोटा र प्रकाश नेपालीको सङ्गीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार