एमालेसँग सडकदेखि सदनसम्मै सहकार्य हुन्छ : प्रचण्ड

२०८३ असार १२, शुक्रबार

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँगको सहकार्य पुनः अगाडि बढ्ने बताएका छन्।

विराटनगरमा शुक्रबार आयोजित कोशी प्रदेश कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद् र सडक दुवै मोर्चामा एमालेसँग मिलेर अघि बढ्ने बताए। ‘अहिलेको परिस्थितिमा संसद्‌मा बलियो उपस्थिति जनाउन र सडक आन्दोलनलाई सशक्त बनाउन पनि एमालेसँगको सहकार्य अनिवार्य भइसकेको छ,’ उनले भने।

तत्कालै पार्टी एकताको सम्भावना नरहे पनि सहकार्यको वातावरण भने बनिसकेको र यो कुरा छलफलबाट निष्कर्षमा पुगेको उनको भनाइ छ। ​आफ्नो राजनीतिक यात्रामा ‘क्रमभङ्ग’ गरिरहने स्वभावलाई स्मरण गर्दै दाहालले आगामी महाधिवेशनबाट फेरि नयाँ क्रमभङ्ग हुने उद्घोष गरेका थिए।

उनले यसलाई आफ्नो जीवनको ‘अन्तिम क्रमभङ्ग’ भन्दै यसका लागि कार्यकर्ताहरूलाई तयार रहन आग्रह गरेका थिए। उनले जतिसुकै मतभेद भए पनि कम्युनिष्ट पार्टी र आफ्नै घर बलियो बनाउनुको विकल्प नभएको बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार