काठमाडौँ : शुक्रबार बिहान हङकङको होमान तिनस्थित भ्यालेन्ट कोर्टको एक फ्ल्याटमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
घटनामा गम्भीर घाइते ५० वर्षीया महिलाको याउमा तेइस्थित क्वाङ वाह अस्पतालमा मृत्यु भएको हो। अन्य तीन जनाको त्यहीँ उपचाररत छन्। घाइतेहरूमा दुई महिला र एक पुरुष हुन्।
प्रहरीलाई उद्धृत गर्दै स्थानीय मिडियामा उल्लेख भएअनुसार बिहान १० बजे आगलागी भएको हो। घटनास्थलमा तुरुन्तै पुगेका अग्नि नियन्त्रकले केही समयमा आगो नियन्त्रणमा लिएको थियो।








