काठमाडाैँ : नेपालका लागि ‘वुलिंग मोटर्स’को आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नेपाली बजारमा आफ्नो विद्युतीय सवारी पोर्टफोलियोलाई थप विस्तार गर्ने घोषणा गरेको छ।
विश्वप्रसिद्ध अटोमोबाइल समूह SAIC-GM-Wuling (SGMW) को प्रविधि र साझेदारीमा निर्मित चार नयाँ मोडेलहरू छिट्टै नाईमा मोबिलिटी एक्सपो २०२६ मा सार्वजनिक गर्ने तयारी कम्पनीले गरेको हो।
सन् १९५८ देखिको लामो इतिहास बोकेको र विश्वभर ३ करोडभन्दा बढी सवारी साधन उत्पादन गरिसकेको SGMW को ‘वुलिंग’ ब्रान्ड किफायती र व्यावहारिक यात्राका लागि विश्वभर चर्चित छ। नेपालमा पनि सन् २०२३ देखि आफ्नो प्रभाव जमाउँदै आएको यस ब्रान्डलाई प्यारामाउन्ट मोटर्सले अब नयाँ र विविध उत्पादनहरूमार्फत अझ आक्रामक रूपमा अगाडि बढाउने रणनीति लिएको छ।
आफ्ना उत्पादनहरूमा विविधता ल्याउँदै, वुलिंगले विभिन्न प्रकारका सवारी गाडीहरु, सिट क्षमता र मूल्यको दायरालाई समेट्दै व्यापक मोबिलिटी सेग्मेन्ट प्रदान गर्दछ। व्यस्त सहरी सडकका लागि साना र शक्तिशली ईभी देखि ठूला परिवारका लागि फराकिला सवारी साधनहरूसम्म, यस ब्रान्डका अनुकूलन योग्य वैश्विक प्लेटफर्महरूले हरेक प्रकारका यात्रुहरूका लागि उपयुक्त र दिगो यातायातको समाधान सुनिश्चित गर्छन्।
नयाँ मोडेलहरूका विशेषता
१. एक्सिओन ईभी (Eksion EV) ७ सिटर प्रिमियम SUV: ठूला परिवारलाई लक्षित गरी ल्याउन लागिएको यो SUV मा ६९.२ kWh को ‘म्याजिक ब्याट्री प्रो’ रहेको छ, जसले एक पटकको फुल चार्जमा ५३० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ। सुरक्षाका लागि यसमा ३६०-डिग्री क्यामेरा र अत्याधुनिक ‘एडास’ (ADAS) प्रणाली जस्ता सुविधाहरू समावेश छन्। वुलिंग एक्सिओनको फोल्डिङ तेस्रो लहरका २ सिटले आवश्यकता अनुसार ५ वा ७ सिटरको सुविधा दिन्छ। ५-सिटर मोडमा ५४० लिटर बुट स्पेस उपलब्ध हुन्छ भने थप यात्रु हुँदा केही सेकेन्डमै ७-सिटरमा परिवर्तन गर्न सकिन्छ।
२. वुलिंग मिनी ईभी (४-ढोका भएको कम्प्याक्ट कार): सहरी क्षेत्रका लागि अत्यन्तै उपयुक्त यो कार अब ४ वटा ढोकासहित नयाँ स्वरूपमा आउँदैछ। यसको “Global Small Electric Vehicle – GSEV” आर्किटेक्चरले यसलाई सुरक्षित बनाउनुका साथै यसले ३०१ किलोमिटरसम्मको रेन्ज दिन्छ। यसमा डीसी फास्ट चार्जिङको सुविधा समेत उपलब्ध छ। कम्पनीका अनुसार नेपाली बजारमा उपलब्ध कुनै पनि मिनी कारभन्दा कम मूल्य र बढी फिचरको साथ यसलाई बजारमा ल्याउने तयारी भइरहेको छ ।
३. डेरियन एमपिभी (Darion MPV EV) : लामो दूरीको यात्रा र प्रिमियम अनुभवका लागि यो ७ सिटर गाडी उत्कृष्ट विकल्प हुनेछ। ५४० किलोमिटरसम्मको रेन्ज, स्लाइडिङ ढोका र विलासी आन्तरिक सजावट यसका मुख्य विशेषता हुन्।
४. बिङ्गो ईभी (Binguo EV) : नेपाली सडकमा लोकप्रिय यो ह्याचब्याक अब थप शक्ति र परिष्कृत सुविधाहरूका साथ आउँदैछ। यो मोडेल ३१.९ kWh (३३३ किमी रेन्ज) र ३७.९ kWh (४१० किमी रेन्ज) गरी दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ, कार्यक्षमताका लागि यसमा ५० kW को मोटर जडान गरिएको छ जसले ६७ hp पावर र १५० Nm टर्क पैदा गर्छ। यसको आकर्षक ‘रेट्रो’ डिजाइनभित्र १०.२५ इन्चको डुअल इन्फोटेनमेन्ट स्क्रिन र ७९० लिटरसम्मको कार्गो स्पेस रहेको छ। यसमा ABS, EBD र भेरियन्ट अनुसार ६ वटासम्म एयरब्यागहरू समावेश गरिएका छन्।








