प्रचण्ड–ओली मिल्दा सामान्य, हामी मिले अचम्म ? : हर्क साम्पाङ

२०८३ असार १४, आईतवार

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू र प्रधानमन्त्री बालेन शाहबीच सहकार्य भए जनताले त्यसलाई कति अचम्मका रूपमा लिने हुन् भन्ने जिज्ञासा व्यक्त गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्भावित सहकार्यको राजनीतिक सन्देशलाई संकेत गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। लामो समयको राजनीतिक दूरी र तिक्ततापछि ओली र प्रचण्ड एउटै मञ्चमा देखिएर सहकार्यको संकेत गरेपछि साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, “प्रचण्ड र केपी ओली मिल्दा अचम्म नमान्ने जनताले हर्क साम्पाङ र बालेन मिले भन्ने खबर आए कतिको अचम्म मान्लान् त ?”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार