चट्याङ लागेर एक महिलाको मृत्यु

२०८३ असार १५, सोमबार

सङ्खुुवासभा : सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताए । वर्षा हुरीसँगै आएको चट्याङले लागेर गम्भीर घाइते भएकी राई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा रहेको मिटर बक्स बन्द गर्ने क्रममा चट्याङ लागेर उनी गम्भीर घाइते भएका थिए । राईको शव आजै जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ । शवपरीक्षण गरी परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार