हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु

२०८३ असार १५, सोमबार

काठमाडौं : साउदी अरबमा एक हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले आइतबार जानकारी दिएका छन्।

साउदी प्रेस एजेन्सीका अनुसार सरकारी तेल कम्पनी ‘अरामको’ को स्वामित्वमा रहेको उक्त हेलिकप्टर पूर्वी तटीय सहर रास तानुरामा स्थानीय समय अनुसार बिहानको छ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परेर हेलिकप्टरमा सवार सबै जनाको मृत्यु भएको पुष्टि भएको छ। सञ्चारमाध्यमका अनुसार दुर्घटनामा ज्यान गुमाउने सबै १४ जना नै साउदी नागरिक हुन्। हेलिकप्टर के कारणले दुर्घटनामा पर्‍यो भन्नेबारे यकिन गर्न अहिले अनुसन्धान भइरहेको छ।

घटनालाई लिएर अरामको कम्पनीले तत्काल कुनै आधिकारिक टिप्पणी गरेको छैन। यसैबिच, साउदी ऊर्जा मन्त्रालयले एक वक्तव्य जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका पीडितका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार