काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ४ सय रूपैयाँ कायम भएकोमा आज ४ हजार ५ सय रूपैयाँले घटेर २ लाख ७७ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय १० रूपैयाँ कायम भएकोमा आज २५ रुपैयाँले घटेर ४ हजार २ सय ८५ रुपैयाँ कायम भएको छ ।





