डोल्पाको फोक्सुण्डो खोलाको खोँचबाट दुई दिनपछि शव निकालियो

२०८३ असार १६, मंगलवार

काठमाडौँ : डोल्पाको शे (फोक्सुण्डो गाउँपालिका–८ स्थित फोक्सुण्डो खोलाकोबीच भागमा अड्किएको अवस्थामा रहेको शव दुई दिनको अथक प्रयासपछि बाहिर निकालिएको छ ।

नेपाली सेनाको संग्राम शार्दुल गुल्मबाट खटिएको विशेष टोलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीय बासिन्दाहरूको संयुक्त प्रयासमा सोमवार बिहान उक्त शव खोँचबाट निकाल्न सफल भएको हो ।

खोलाकोबीच भाग र अत्यन्तै कठिन भौगोलिक सहनावट (खोँच) मा शव अड्किएकाले उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको थियो । सुरक्षा निकाय र स्थानीयको निरन्तरको दुई दिने अथक प्रयास र समन्वयपछि मात्र शवलाई सुरक्षित रूपमा बाहिर निकाल्न सकिएको उद्धार टोलीले जनाएको छ ।

मृतकको पहिचान र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार