साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

२०८३ असार १६, मंगलवार

काठमाडौँ : साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली कैदीहरूलाई आममाफी दिएको हो ।

साउदी अरबको यो कदमप्रति नेपाल सरकारले साउदी अधिराज्यको सरकारलाई हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै साउदी सरकारको यस प्रकारको निर्णयले नेपाल र साउदी अरबबिच लामो समयदेखि रहेको मैत्रीपूर्ण सम्बन्ध, सद्भाव र प्रगाढ द्विपक्षीय सम्बन्धलाई झल्काएको उल्लेख गरेको छ ।

रियादस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधका आधारमा साउदी सरकारले यी कैदीहरूलाई आममाफी दिएको हो । आममाफी पाएका ३३ जना नेपालीहरू साउदी अरबको आवश्यक कानुनी प्रक्रिया पूरा भएलगत्तै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार